पोखरा १५ मा फुटसल प्रतियोगिता सुरु

पाेखरा | जेठ ३१, २०८१

पोखरा १५ मा फुटसल प्रतियोगिता सुरु

पोखरा:   पोखरा महानगरपालिका १५ मा दिव्यज्योति क्लबको आयोजनामा आज (बिहीबार) देखि पहिलो संस्करणको फुटसल प्रतियोगिता सुरु भएको छ ।

 

पोखरा महानगरपालिका १५ भित्रका क्ललाई लक्षित गर्दै आयोजित प्रतियोगिता न्यू एयरपोर्ट फुटसल खेल मैदानमा आजदेखि सुरु भएको सह–संयोजक शैलेश गुरुङले जानकारी दिए । 

 

उ​नका अनुसार सो प्रतियोगितामा पहिलो चरणका खेल सकिएका छन् ।

 

कुल २१ टिमको सहभागिता रहेको प्रतियोगिताको दोस्रो चरणका खेल अन्तरगत रेन्बो एकेडेमीलाई फुटसल भाइब्सले ३–० गोल अन्तरले पराजित गर्याे ।

 

यस्तै अर्काे खेलमा एमएम एफसीले बेलबोट एफसीलाई ६–१ गोल अन्तरले सहजै पराजित गर्याे । ब्रदरहुड एफसीलाई टुटुङ्गा एफसीले पेनाल्टी सुटआउटमा हराउँदै टुटुङ्गा  विजयी बन्यो ।

 

अब बाँकी खेलसहित फाइनल खेल शुक्रबार सम्पन्न हुने सहसंयोजक गुरुङ जानकारी दिए । 

 

उक्त प्रतियोगिताको उद्घाटन पोखरा १५ का वडाध्यक्ष तोरण बाँनियाले उद्घाटन गरे सो अवसरमा बोल्दै वडाध्यक्ष बाँनियाले खेलकुदले सबैलाई एकताको सुत्रमा बाध्ने उल्लेख गरे ।

 

उनले स्थानीय स्तरमा सञ्चालन हुने प्रतियोगिताले नयाँ खेलाडीको उत्पादनमा सघाउ पुर्याउने धारणा राखेका थिए ।


पोखरा १५ भित्रका कुल २१ टिमको सहभागिता रहेको सो प्रतियोगिताको विजताले नगद रु ३० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद रु २० हजार, शिल्ड,मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
 

पोखरा ।    पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ ।   पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...

थप पढ्नुहोस्

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्